समाज


महोत्तरीबाट स्रोत नखुलेको ५५ लाखसहित दुई जना पक्राउ

महोत्तरीबाट स्रोत नखुलेको ५५ लाखसहित दुई जना पक्राउ

शैलेन्द्र महतो
चैत १३, २०७८ आइतबार १६:२७, जनकपुरधाम

महोत्तरीबाट स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा औरही नगरपालिका २ चेपकट बस्ने वर्ष २० का धीरज कुमार यादव र सोही ठाउँ निवासी रमेश कुमार सहनी रहेका छन्।

जलेश्वर बर्दिवास सडक खण्ड अन्तर्गत औरही नगरपालिका १ बाट ज ९ प ८२४७ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई ५५ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

स्रोत खुलाउन नसकेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए।

उनले पक्राउ पर्नेले उक्त पैसा कहाँबाट र कुन प्रयोजनको लागि ल्याएको नखुलाएकोले थप अनुसन्धान समेत भैरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .