समाज


वीरगञ्जबाट जनकपुर आउँदै गरेको बस पुलबाट खस्यो, चारजनाको मृत्यु, ३२ घाइते

वीरगञ्जबाट जनकपुर आउँदै गरेको बस पुलबाट खस्यो, चारजनाको मृत्यु, ३२ घाइते

शैलेन्द्र महतो
चैत १३, २०७८ आइतबार १४:४२, काठमाडौँ

जनकपुर वीरगञ्ज चल्ने यात्रुबाहक बस सर्लाहीमा पुलबाट खोलामा खस्दा चारजनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका छन्। 

वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोला पुलबाट खसेको हो। 

दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले जानकारी दिए। उनीहरुको परिचय खुलेको छैन। दुर्घटनामा ३२ जना घाइते भएको उनले बताए। 
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। 

गुडिरहेको बस एक्कासि खोलामा खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .