काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन्।
गत कात्तिक १८ गते राति स्थानीय ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षकी रुकुमाया श्रेष्ठको घरभित्रै शव भेटिएको थियो।
श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको भए पनि हत्यारा अझै पत्ता नलागेको काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए।
घटनामा संलग्न रहेको आशंकामा अहिलेसम्ममा २१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गसिसकेको र थप अनसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक सापकोटाका अनुसार अहिलेसम्ममा दुईपटक केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया