करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा दुई जनाको ज्यान गएको छ।
निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा बिहीबार करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो।
मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।
स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् सर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। दुवैको शव दमौली अस्पतालमा राखिएको छ। रासस
प्रतिक्रिया