समाज


अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

नेपालखबर
माघ १०, २०७८ सोमबार १५:१४, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ परेका छन्। 

हिजो (माघ ९ गते) फ्लाई दुवईको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेका यात्रु एसाक खान ईब्राहिम खानले लिएका ब्यागेजलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा एक्सरे मेशिनद्वारा तथा म्यानुअल चेकजाँच गर्ने अवैध मुद्रा फेला परेको थियो। 

उनको साथबाट अमेरिकी डलर १५ हजार १, साउदी रियाल ६१०ओमनी रियल ३६, यूएर्य दिराम ९२० र भारतीय रुपैयाँ २ हजार बरामद भएको प्रहरीले जनाएको छ। 

सो मुद्रा लुकाई छिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारि आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad