ad ad

समाज


अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ, दर्जनाैँ मोबाइल र कम्प्युटर बरामद

अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ, दर्जनाैँ मोबाइल र कम्प्युटर बरामद

फाइल फाेटाे


नेपालखबर
माघ ६, २०७८ बिहिबार १७:४१, काठमाडौँ

महानगरीय अपराध महाशखाले अनलाइनमार्फत जुवा खेलाउने १२ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट दर्जनाैँ थान मोबाइल र कम्प्युटर बरामद समेत भएको छ।

महाशाखाका अनुसार यही माघ ५ गते काठमान्डौ कीर्तिपुर नगरपालिकाको बिभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाइन जुवा खेलाउदै गरेको गोप्य सूचनापछि खटिएको बिशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हो।

जिल्ला काठमान्डौ कीर्तिपुर न.पा वडा नं -६ चोभार, वडा नं -९ नगाँउ र वडा नं-१० बाघभैरवस्थित विभिन्न घरहरु खानतलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।  जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायतका विद्युतीय उपकरणहरुसहित पक्राउ परेका उनीहरुलाई  पक्राउ गरी आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएकाे छ। 

पक्राउ ब्यक्ति मध्येका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाइन जुवा खेलाउन सम्पुर्ण परिपञ्च मिलाई ३ बटा घरमा २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागी कर्मचारीहरु समेत राखेको देखिएको। त्यसरी खटिएका कर्मचारीहरुले फेसबुक आईडीमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर काइरिङ, रिभर स्विप्स, रिभर मन्स्टर, भेगास एक्सलगायतका अनलाईन जुवा खेल्न लिंक सेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशि समेत पुरस्कारको रुपमा दिने गरेको देखिएको छ। 

अनुसन्धानका क्रममा जुवा खेलाउने ब्यक्तिहरुले करिब १० महिना अगाडी देखी महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएको महाशाखाले जनाएको छ। 

यी हुन् पक्राउ परेको व्यक्तिहरु :-
१.  काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ६ चोभार बस्ने बर्ष ३३ को सुजेन्द्र थापा ।
२. चोभार बस्ने बर्ष १७ को मनिश थापा ।
३. चोभार बस्ने बर्ष १७ को समिर  थापा । 
४. चोभार बस्ने बर्ष २७ कि कबिता थापा ।
५. चोभार बस्ने बर्ष ३० को रबिन खड्का ।
६. कीर्तिपुर बस्ने बर्ष ४५ को बुद्ध महर्जन ।
७.  पाँगा बस्ने बर्ष २० कि रोजा महर्जन ।
८. पाँगा बस्ने बर्ष १९ को साहिल महर्जन ।
९. सोही वडा नं. १० बस्ने बर्ष १९ कि हनिशा महर्जन।
१०. नगाँउ बस्ने बर्ष ३५ को प्रदिपमान सिंह बस्नेत।
११. बझाङ केदारसिउ गा.पा.५ घर भई हाल का.जि. कीर्तिपुर ५ बस्ने बर्ष १९ को बिनोद ठगुन्ना ।
१२. सिन्धुपालचोक मेलम्चि न.पा.वडा नं.१३ घर भई हाल कीर्तिपुर बस्ने बर्ष १७ कि रमादेवी श्रेष्ठ ।

के के बरामद?

१. विभिन्न कम्पनीका मोबाइल थान-१७
२. बिभिन्न कम्पनीका ल्याप्टप थान-१४
३. कम्प्युटरको सीपीयू थान- २
४. कम्प्युटर मोनिटर थान-२
५. राउटर थान-३
६. गेमिङ बिवरण लेखोएका रजिस्टरहरु थान-
७. ह्वाइट बोर्ड थान-२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .