संगीतकार वसन्त सापकोटाको नयाँ गीत ‘सम्बन्ध’ सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा वसन्तसँगै एलिना चुहान, सुजता वेर्मा र बेनिशा पौडेलकको स्वर रहेको छ। गीतको शब्द स्वप्लिन बरालले लेखेका हुन्।
एक–अर्कको सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियोमा पनि सोही कुरालाई देखाउन खोजिएको छ। भिडियोमा पनि गायिकात्रय एलिना, सुजता र बेनिशा फिचर छन्। जहाँ उनीहरुको मित्रता र साथित्वलाई देखाइएको छ। भिडियोमा वसन्त पनि देखिएका छन्।
शान थापाको निर्देशनमा भिडियो तयार भएको छ। अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोको सहायक निर्देशक राजिव समर हुन्।
सार्वजनिक उक्त गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन्। गीतको मिक्सिङ भने श्यामस्वेत रसाइलीले गरेका हुन्।
असार ६, २०७६ शुक्रबार ९:५६

प्रतिक्रिया