ad ad

समाज


स्वास्थ्य र पोषण नागरिकको संवैधानिक हकः उपप्रधानमन्त्री यादव

स्वास्थ्य र पोषण नागरिकको संवैधानिक हकः उपप्रधानमन्त्री यादव

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ११:२२,

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले पोषणसम्बन्धी कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताएका छन्।

उपप्रधानमन्त्री यादवले सबै नागरिकलाई स्वस्थ राख्ने गरी पोषणयुक्त खाद्यन्नको व्यवस्थापन हुने गरी नेपाल सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेको बताएका हुन्। काठमाडौंमा सुरु भएको पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको बिहीबार समापन गर्दै उनले नेपालको संविधानले नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको पनि स्मरण गराए।

उपप्रधानमन्त्री यादवले सरकारले गरिवी निवारण र भोकमरीको अन्त्य हुने गरी पोषणयुक्त खाद्यान्नको व्यवस्थापन गर्न सार्क राष्ट्रहरुसँग पनि सहकार्यका साथ काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गरे। निजी क्षेत्रले खाद्यान्न उत्पादन र वितरण गर्ने भएकाले उनीहरुले पोषणयुक्त खाद्यान्न व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अर्थमन्त्री खतिवडाको भनाई छ।

अर्थमन्त्री खतिवडाले नेपाल सरकारले पोषणयुक्त खाद्यान्न उत्पादन र बजारीकरणका लागि आवश्यक नीति लिइरहेको दावी पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .