समाज


प्रहरी हिरासतमा मृत्यु भएका यादवको पिताद्वारा सर्वोच्चमा रिट

प्रहरी हिरासतमा मृत्यु भएका यादवको पिताद्वारा सर्वोच्चमा रिट

नेपालखबर
मंसिर २१

ललितपुरको प्रहरी हिरासतमा मृत्यु भएका दुर्गेश यादवको परिवारले आफूहरुले दिएको जाहेरीमा अनुसन्धान नगर्ने भनी गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
     

यादवका पिता सुधाराम यादवले आज उक्त रिट निवेदन दायर गरेका हुन्। उक्त निवेदनमा यही मङ्सिर २३ गते  सुनुवाइका लागि पेसी तोकिएको छ। जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका यादवले २०७७ असार २८ गते प्रहरी हिरासतमा आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको थियो।

सप्तरीको सिराहा नगरपालिका–७ का यादवले ललितपुर प्रहरी परिसरस्थित शौचालयको झ्यालको रडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको प्रहरीको अध्ययनमा थियो।

यादवका परिवारले प्रहरीको प्रतिवेदन झुटो भएको आरोप लगाएको छ। कार्यस्थलमा रहेका प्रहरी र जाहेरी दिने युवतीमाथि छानबिनको माग गर्दै प्रहरीमा परिवारले जाहेरी दिए पनि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन नसक्ने निर्णय गरेपछि दुर्गेशका पिताले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।

संविधान र कानूनप्रदत्त हक अधिकारको संरक्षणका लागि नेपालको प्रचलित कानूनबमोजिम विपक्षी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरको नाउँमा परमादेश जारी गर्न मागसमेत रिट निवेदनमा गरिएको छ। रासस

मंसिर २१, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .