कोसीटप्पुको हिरो भनेर चिनिएको मकुना हात्ती गत असोज १७ विद्युतीय धरापमा परेर मर्यो।
अनेक उपद्रो गरे पनि मकुनाले अकालमा ज्यान गुमाएका कारण कोसीटप्पु शोकमा परेको थियो ।
मकुनालाई मिस गरेको कोसीटप्पुले शनिबार भने उसकै नयाँ सन्तान पाएको छ।
मकुना बितेको २ महिना पुग्नै लाग्दा कोसीटप्पुको हात्तीसारमा रहेकी ढोई शोभाकलीले छावालाई जन्माएकी हो।
कोसीटप्पु आरक्षमा शनिबार दिउँसो मध्यान्हमा शोभाकलीले पाचौँ सन्तानको जन्म दिएकी हुन्।
मकुनाबाट २०७६ असोज मा सम्भोगको अनुमान गरिएकी शोभाकलीले २१ महिनापछि छावा जन्माएकी आरक्षले जनाएको छ ।
सामान्यत: हात्तीहरूको प्रजनन अवधि १८ देखि २४ महिनाको हुने गर्छ।
मङ्सिर मध्यसम्ममा छावा पाउने अनुमानका आधारमा शोभाकलीलाई २४ घण्टा विशेष निगरानीमा राखिएको थियो।
777
Shares
प्रतिक्रिया