ad ad

समाज


राजर्षि जनक विश्वविद्यालयका ११ जना आंशिक प्राध्यापक पक्राउ

राजर्षि जनक विश्वविद्यालयका ११ जना आंशिक प्राध्यापक पक्राउ

शैलेन्द्र महतो
मंसिर ९, २०७८ बिहिबार १६:२५, काठमाडौँ

जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका ११ जना आंशिक प्राध्यापकहरू पक्राउ परेका छन्। स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षकहरुले विश्वविद्यालयको मूलगेटमा ताला लगाउन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

विगत ४ महिनादेखि आन्दोलनरत प्राध्यापकहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गर्ने गरेका छन्। तर विश्वविद्यालय प्रशासनले प्रहरी लगाएर फोड्ने गरेको छ। सोही क्रममा बिहीबार प्रहरी र आन्दोलाबमरी  शिक्षकबीच तनाव भएपछि प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरेको हो। 

तालाबन्दी खुलाउन गएको प्रहरीलाई आन्दोलनरत प्राध्यापकहरुले अबरोध गर्न खोजेपछि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।    
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।  

स्थापनाकालदेखि पेपर कोर्स कन्ट्रयाकमा काम गरिरहेका ३५ जना आंशिक प्राध्यापकहरू स्थायी नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .