ad ad

समाज


म्याग्दीमा बस दुर्घटना हुँदा चारको मृत्यु, १८ जना घाइते

म्याग्दीमा बस दुर्घटना हुँदा चारको मृत्यु, १८ जना घाइते

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार २:२१,

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा अन्य १८ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए।

‘आइतबार रात परेकाले उद्धारमा केही समस्या भयो’, प्रहरी निरीक्षक शर्माले भने, ‘सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ।’

घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन्। उनीहरु दशैँ तिहारको बिदा सकिएपछि विद्यालय फर्किँदा दुर्घटनामा परेका प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका बसका चालक मङ्गला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस सडकदेखि करीब २०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .