ad ad

समाज


उपत्यकामा सबै अदालतका इजलास २ घण्टा बहिष्कार गर्ने बारको घोषणा

उपत्यकामा सबै अदालतका इजलास २ घण्टा बहिष्कार गर्ने बारको घोषणा

आन्दोलित नेपाल बारका सदस्यहरु । तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार ११:५०, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पेलेर अघि बढेपछि नेपाल बार एसोसियसनले बिहीबारदेखि उपत्यकाका सबै अदालतमा दुई घण्टा इजलास बहिष्कार घोषणा गरेको छ। 

बिहीबारदेखि उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीले दुई घण्टा इजलास नजाने घोषणा गरेका हुन्। 

उपत्यकाका तीनवटै जिल्ला अदालत उच्च अदालत र विशेष अदालत र सर्वोच्च अदालतमा १० बजेदेखि १२ बजेसम्म बेन्चमा नजाने निर्णय भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। 

'न्यायपालिकाको गरिमा बचाउन यो आन्दोलन गर्नुपरेको हो', श्रेष्ठले भने, 'प्रधानन्यायाधीश जबरा आफ्नो पद बचाउन अगाडि बढेकाले न्यायपालिका ध्वस्त हुन लागेको छ। नागरिक समाजलाई आन्दोलनमा साथ दिन आग्रह गर्छौँ।'

जबराले आफूखुसी पेशी तोक्न थालेकाले अब कडा आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए। 'बार र न्यायाधीशलाई विश्वास नलिइ अघि बढेकाले अब निर्णायक आन्दोलनमा जान्छौँ', उनले भने, 'कडा आन्दोलन नगरी न्यायपालिका सुधार्न सकिँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .