समाज


पोखरामा आज भाइटीका महोत्सव

पोखरामा आज भाइटीका महोत्सव

फाइल तस्बिर


वाशुदेव मिश्र
कात्तिक २०, २०७८ शनिबार ८:१५, काठमाडौँ

पश्चिमाञ्चल होटल संघ (पोखरा) ले भाइटीका दिन आज (शनिबार) १४औं भाइटीका महोत्सव आयोजना गर्दै छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा दिउँसो महोत्सव आयोजना गरिने भएको हो। 

संस्कृतिका माध्यमबाट कोरोना महामारीबीच पनि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। कोरोना महामारीको मारबाट भर्खरै तङ्ग्रिन लागेको पर्यटन उद्योगलाई महोत्सवले सघाउने उनको विश्वास छ।

महामारीका कारण दुई वर्षयता महोत्सव हुन सकेको थिएन। यसपटक १४औं भाइटीका महोत्सवका रूपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको उनले बताए।

तिहारको सांस्कृतिक पक्षको संरक्षण गर्दै पर्यटक लोभ्याउने लक्ष्य लिइएको महोत्सव आफैंमा मौलिक भएको होटल संघले जनाएको छ। 

यो पनिआज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .