बल्खु खोलामा एक महिलाको शव फेला परेको छ।
कीर्तिपुर र चन्द्रागिरिको बीचमा रहेको खोलामा झोलुंगे पुलनजिकै गोर्खाकी करिब ४० वर्षीया शान्ता थापा मगरको शव फेला परेको हो।
गोर्खा नगरपालिका २ की शान्ता हाल कीर्तिपुर बस्दै आएको खुलेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए।
बिहान मर्निङवाक गर्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको एसपी बस्नेतले बताए।
12
Shares
प्रतिक्रिया