ad ad

समाज


महाकालीको बाढीले घेरेपछि बीचमा फसे पाँच जना, उद्धार प्रयास जारी

महाकालीको बाढीले घेरेपछि बीचमा फसे पाँच जना, उद्धार प्रयास जारी

गोकुल जोशी
कात्तिक २, २०७८ मंगलबार १०:४, काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीमा महाकाली नदीमा आएको बाढीका कारण बीचमा पाँच जना फसेका छन्। 

आइतबार बेलुकादेखिको अविरल वर्षाले महाकाली नदीमा पानीको बहाब बढेपछि नदी किनारमा कुखुरा पालन गरिरहेका मसेट्टीका पाँच जना घेरिएका हुन्। 

स्थानीयका अनुसार कुखुराको खोर रहेकाे स्थानकाे पूर्वतर्फबाट नदी बग्न थालेपछि उनीहरू निस्किन नपाएका हुन्। 

प्रहरीका अनुसार  स्थानीय ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीया दीर्घमती खड्का, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशाेक नायक, ५ वर्षीय अजय नायक महाकालीको बाढीले बिलखबन्दमा परेका हुन्। 

उनीहरुको उद्धारका लागि बीओपी खल्ला र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको उद्धार टोली गएको छ। 

‘हिजो राति कुखुरा खोर कुर्न गएका थिए। महाकालीको बाढी खोरतिर पसेपछि नदीमा फसेका भन्ने खबर आएको छ’,  उद्धारका लागि त्यसतर्फ गइरहेका एक सुरक्षाकर्मीले नेपालखबरसँग भने, ‘उहाँहरु रुखमा बसेको जानकारी आएको छ। हामी उद्धारको लागि त्यसतर्फ गइरहेका छौँ।’

बाटोमा अवरोध हुँदा उद्धार टोली उनीहरु फसेको ठाउँसम्म पुग्न सकेका छैनन्।

‘त्यहाँ पुग्दा हामीले मसेट्टी र टुँडीखेलबीचको काली खोला तर्नुपर्ने हुन्छ। पानीको बहाब बढी हुनाले तर्न सकिरहेका छैनौँ’, ती सुरक्षाकर्मीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .