ad ad

समाज


मोतिपुर झडप : ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

मोतिपुर झडप : ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

नेपालखबर
असोज २५, २०७८ सोमबार १२:५८, काठमाडौँ

रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा आइतवार भएको झडपामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लुम्बिनी प्रदेश सरकारले १ लाख किरिया खर्च दिने भएको छ।

आइतबार औधागिक ग्राम कब्जा गर्न खोज्ने सुकुम्बासीले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि हिंसा भड्किएको थियो।

त्यसक्रममा गोली लागेर ४ जनाको मृत्यु भएको थियो। मृतकका परिवारलाई जनही १-१ लाख दिने निर्णय गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले नेपालखबरलाई जानकारी दिए। 

सोमबार बिहान प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद् लगायतको बैठकले सो निर्णय गरेको हो। 

'मोतिपुर घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १-१ लाख दिने निर्णय भएको छ', विकले नेपालखबरसँग भने, 'सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन भएको छ।' 

‘लुम्बिनी प्रदेश सरकारले वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न तयार रहेको जनाएको छ’, मुख्यमन्त्री केसीका प्रेस सल्लाहकार विकले भने, ‘वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न प्रदेश सरकारले अध्ययन गरिरहेको छ, २ सय घरपरिवार अहिलेसम्म सुकुम्वासीकै रुपमा रहेको भेटिएको छ।’ 

अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको बताउँदै उनले औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको ब्रिफिङ भएको उल्लेख गरे। 

आगामी दिन सो स्थानमा घटनामा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरुको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ।   

सोमबार घटनाबारे जिल्लाका सबै सुरक्षा निकायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ब्रिफिङ गरेका थिए। घटनालाई राजनीतिक रंग दिन खोज्दा हिंसा भड्किएको प्रारम्भिक तथ्य खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .