ad ad

समाज


न्याय माग्दै आन्दोलित सलिमुन बिहाना माइतीघरको धर्नास्थलमै ढलिन्

न्याय माग्दै आन्दोलित सलिमुन बिहाना माइतीघरको धर्नास्थलमै ढलिन्

धर्नास्थलमै ढलेकी सलिमुन बिहाना। तस्बिर : विजय सिंह/नेपालखबर


नेपालखबर
असोज २३, २०७८ शनिबार १५:५५, काठमाडौँ

न्यायको माग गर्दै नेपालगञ्जबाट १९ दिन हिँडेर काठमाडौं आएर धर्नारत सलिमुन बिहाना बेहोस भएर ढलेकी छन्। 

माइतीघर मण्डलमा धर्नाका क्रममा ४५ वर्षीया सलिमुन बेहोस भएर ढलेकी हुन्। नागरिक आन्दोलनका अगुवाले पनि साथ दिएको धर्नास्थलमा अहिले उनको उपचार भइरहेको छ।

सलिमुनसहित न्याय माग्दै आएका महिलाहरूमाथि शुक्रबार साँझ माइतीघर मण्डलमै प्रहरीले धरपकड गरेर पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये रुबि खान अझै प्रहरी हिरासतमै छिन्। उनीसहित पक्राउपछि रिहा भएका अन्य १६ जनाले पनि भोकहडताल गरिरहेका छन्। 

हिँडेर आएकी सलिमुन बिरामी थिइन्। उनले बिरामीकै कारण खाना खानसमेत सकेकी थिइन्। सलिमुनसहित अन्य धर्नामा सहभागीहरू शारीरिक रुपमा अतिकमजोर बनेका छन्। 

बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१९ की निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको थियो।

यी दुई महिलाको प्रकरणमा बाँके प्रहरीले गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरु १९ दिन हिँडेर काठमाडौं आएपछि थप आन्दोलित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .