समाज


आर्यन खानसहित ८ अभियुक्त जेलमा कि धरौटीमा रिहा? आज निर्णय

आर्यन खानसहित ८ अभियुक्त जेलमा कि धरौटीमा रिहा? आज निर्णय

नेपालखबर
असोज २१, २०७८ बिहिबार १०:५३, काठमाडौँ

बलिउडका चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित गिरफ्तार भएको ‘क्रुज ड्रग्स पार्टी’सम्बन्धी मुद्दाको आज महत्त्वपूर्ण दिन हो। 

लागुऔषध घटना अनुसन्धान गर्ने भारतीय निकाय नारकोटिक्स क्रन्ट्रोल ब्युरो (एनसीबी) को नियन्त्रणमा रहेका आर्यनसहित ८ अभियुक्तको आज हिरासत अवधि सकिँदै छ। तसर्थ आज एनसीबीले उनीहरूविरुद्ध अदालतबाट म्याद थप गराउँछ वा रिहा गर्छ। 

यसबीच एनसीबीले उक्त प्रकरणमा एक विदेशी नागरिकलाई पनि पक्राउ गरेको छ। उनले उल्लिखित अभियुक्तहरूलाई लागुऔषध बेच्ने गरेको आरोप लगाइएको छ। 

उनीसमेत यो मुद्दामा अहिलेसम्म १७ जना पक्राउ परिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

यी पनि

आर्यन खानको गिरफ्तारी गलत : राष्ट्रवादी कांग्रेसका नेता

आर्यन खान प्रकरण : के हो रेभ पार्टी? के के गरिन्छ त्यसमा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .