समाज


ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवाको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवाको मृत्यु

नेपालखबर
असोज २१, २०७८ बिहिबार ९:१५, काठमाडौँ

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ। ट्रक र त्यसका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरीलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .