समाज


दुवै खुट्टा गुमाएका नबिवले हातले हिँडेरै चुमे मनास्लु शिखर

दुवै खुट्टा गुमाएका नबिवले हातले हिँडेरै चुमे मनास्लु शिखर

नेपालखबर
असोज १६, २०७८ शनिबार १६:५९, काठमाडौँ

दुवै खुट्टा गुमाएर शारीरिक अपाङ्गगता जीवन बाँचिरहेका रुसी नागरिक रुस्थम नविवले मनास्लु हिमालको शिखर चुम्न सफल भएका छन्। 

सन् २०१५ मा रुसको ओमस्कमा ब्यारेक भत्किँदा दुवै खुट्टा पूरै गुमाएर पनि बाँच्न सफल उनले मनास्लु हिमालको शनिबार बिहान साढे १० बजे सफल आरोहण गरेका छन्।

दुवै खुट्टा गुमाएर पनि हिम्मत नहारेका २८ वर्षीय उनले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको पुष्टि इम्याजिन नेपाल ट्रेक एन्ड एक्सिपिडसनका प्रबन्ध निर्देशक मिङ्‍मा ग्याल्जे शेर्पाले गरेका छन्। 

'दुवै खुट्टा गुमाएका कुनै पनि आरोही पहिलो पटक हातले टेकेरै शिखरमा पुगेका छन्', उनले भनेका छन्, 'मनास्लु शिखर चुम्न गरिएको यो कुनै सजिलो अभियान थिएन। तर रसियन नागरिकले हातले टेकेर नै ८ हजार मिटर अग्लो शिखर चुम्दै यो कीर्तिमान बनाउन सफल भएका छन्।'

यसअघि पनि १५ घण्टा हातले हिँडेर सन् २०२० मा उनले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस आरोहण गरेका थिए। माउन्ट एल्ब्रसको उचाइ केबल ५ हजार ६ सय ४२ मिटर मात्रै छ। 

उनी सेप्टेम्बर २७ मा मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्प पुगेका थिए। उनले बेस क्याम्पबाट शिखर आरोहण थाल्दै आफूलाई हातले नै घिसारेर अघि बढाएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .