समाज


ब्रिटिस कलेजमा ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाइ हुने

ब्रिटिस कलेजमा ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाइ हुने

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १५:५०, काठमाडौँ

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई सञ्चालन गर्ने भएको छ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाई सञ्चालन गर्न लागेको हो। 

कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत बनाउँदै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाइ सञ्चालन गर्न लागेको जनाएको छ। यो नयाँ विषयको पढाई युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (युडब्लुई)को सम्वन्धनमा सञ्चालन हुनेछ। बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ। साथै, टीबीसीमा पनि सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाइलाई सञ्चालन गर्नेछन्।

कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको बृद्धि भएसँगै साइबर क्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले सञ्चालन गर्न लागेको यस विषयको पढाइले कुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थी उत्पादन गर्ने कलेजले लक्ष्य लिएको छ।

बढ्दो माग अनुसारको पढाइ सञ्चालन गर्दा विद्यार्थीहरुले उचित अवसर समेत प्राप्त गर्ने कलेजको विश्वास छ। बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय विद्यार्थीहरुलाई कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको उपयोग, र उपकरण तथा प्रविधिलाई सुरक्षा उल्लंघनबाट रोक्नको लागि यो विषयको डिजाइन गरिएको छ।
 

कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीले सो विषयको पढाइलाई सर्वसुलभ बनाएर डिजिटल नेपालको अवधारणलाई योगदान पु¥याउने दावी गरेका छन्। जोशीका अनुसार पढाइलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिक प्रयोगशालाको निर्माणको थालनी गरिएको छ। जसले गर्दा विद्यार्थीहरुले प्रविधिको क्षेत्रमा नयाँ कुराहरु सिक्ने अवसर पाउनेछन् ।

त्यस्तै, कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले पनि टीबीसीले सञ्चालन गर्न लागेको नयाँ विषयको पढाइ वर्तमान समयको माग भएको बताए।

‘हालको समयमा बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको माग बढ्दो छ। यसै नोभेम्बर इन्टेकबाट यो विषयको पढाई हामीले सञ्चालन गर्न लाग्दा हामी निकै उत्साहित भएका छौं। साथै, यस विषयको अध्ययन गर्ने विद्यार्थीहरुले अन्तिम वर्ष बेलायतमा नै गएर अध्ययन पूरा गरेको खण्डमा पोस्ट स्टडी वर्क भिसाको लागि समेत प्रकृया अगाडि बढाउन सक्नेछन्’ मण्डलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad