ad ad

समाज


‘आरकेस्ट्रा’ को विषयमा झडप हुँदा बुबाको मृत्यु, दुई छोरा घाइते

‘आरकेस्ट्रा’ को विषयमा झडप हुँदा बुबाको मृत्यु, दुई छोरा घाइते

शैलेन्द्र महतो
असोज ३, २०७८ आइतबार १७:४४, काठमाडौँ

महोत्तरीमा आरकेस्ट्रा विषयको विवादमा दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको छ। 

मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं. २ तरहारीको ५० वर्षीय रामप्रसाद यादव छन्। उनका दुई छोरा पनि झडपमा घाइते भएका छन्। 

शनिबार राति सोनमा गाउँपालिका– ७ सुन्दरपुर मैनटोलमा आयोजित आर्केस्ट्रा नाच हेर्ने क्रममा विवाद हुँदा मृतक यादवका छोरा सरोज यादवमाथि कुटपिट गरी स्थानीय मलेठी सदाले मोबाइल खोसेका थिए।

सोही निहुँमा कुटिएका युवाका अभिभावक र गाउँका अन्य व्यक्तिहरू आइतबार बिहान साढे ११ बजे सदाको घर सुन्दररपुरमा किन कुटेको भन्दै गुनासो गर्न गएपछि झडप भएको हो। 

झडपको क्रममा यादव गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा गौशाला स्वास्थ्यचौकीमा मृत्यु भएको इलाका प्रहरीका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए। उनका अनुसार मृतकका छोरा सरोज यादव र मनोज यादव घाइते भएका छन्। 

घटनापछि प्रहरीले आक्रमण गर्ने पक्षका दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरपुरका मलेसि सदा र नथुनी सदा रहेको प्रहरीले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले बताए। 

गएको बिहीबार मात्रै महोत्तरी प्रहरीले अपराध बढेको भन्दै जिल्ला भरिमा कतै कुनै ठाउँमा आरकेस्ट्रा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .