समाज


तेजावपीडित आरतीलाई प्रदेश २ सरकारको पाँच लाख सहयोग

तेजावपीडित आरतीलाई प्रदेश २ सरकारको पाँच लाख सहयोग

नेपालखबर
भदौ १०, २०७८ बिहिबार १६:५९, काठमाडौँ

पतिले तेजाव हानेर घाइते भएकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले बिहीबार बिहान तेजाव पीडित आरतीलाई पाँच लाख रुपैयाँको चेक प्रदान गरेका हुन्। 

गत १९ कात्तिकमा दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुराली पुगेका सञ्जीव साहले पेठिया बजारमा श्रीमती आरती साह र छोरी रियामाथि तेजाव प्रहार गरेका थिए। 

सो घटनामा जिल्ला अदालत धनुषाले यसअघि उनलाई दोषी ठहर गरेको थियो। यसै घटनामा तेजाव बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको थियो।

घटनापछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र तेजाव बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो।

दुवैजनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत गरी तीनवटा कसुरको सजायका लागि मागदाबी गरिएको थियो।

तेजाव आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तनलगायतका अंग कुरुप बनेको छ। तेजाव आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad