समाज


खातामा रकम नभएको चेक दिएर लाखौं ठगी गर्ने पक्राउ

खातामा रकम नभएको चेक दिएर लाखौं ठगी गर्ने पक्राउ

नेपालखबर
साउन १८, २०७८ सोमबार १६:४९, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका एक फरार  अभियुक्तलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ घर भएको ५६ वर्षीय विनोद कुमार श्रेष्ठ रहेका छन्।

श्रेष्ठलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्जले कसूरदार ठहर गरी २३ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद हुने फैसला गरेको थियो।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको अदालतको ठहर छ। श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .