समाज


असोजसम्म थप १ करोड डोज खोप आउने, चैतसम्म ३ करोड

असोजसम्म थप १ करोड डोज खोप आउने, चैतसम्म ३ करोड

यज्ञराज जोशी
काठमाडौँ, साउन ११

सरकारले असोजसम्म काेराेनाविरुद्धकाे थप १ करोड डोज खोप ल्याउने भएको छ।  त्यस्तै आगामी चैतसम्म तीन करोड डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संघीय प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उक्त जानकारी दिएका हुन्। 

उनका अनुसार असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा आउनेछ। त्यसमा कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख भदौ पहिलो साता नेपाल आउनेछ भने भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप नेपाल आउनेछ। 

त्यस्तै वैदेशिक अनुदानबाट चीन सरकारले दिने १६ लाख डोज खोप साउनकै अन्तिम हप्ता आइसक्ने उनले समितिलाई जानकारी दिए। त्यस्तै खरिद गरेर कोभिसिल्ड खोप भारतबाट ल्याउन बाँकी १० लाख भदौकै दोस्रो साता नेपाल आउनेछ। 

यसबाहेक चीनबाट भेरोसेल खोप ६० लाख मात्रा भदौ मसान्तसम्म नेपाल ल्याइनेछ। 

सचिव अर्यालले असोजदेखि चैतसम्म थप ३ करोड २३ लाख मात्रा खोप ल्याइने बताए। 

कोभ्याक्सबाट निःशुल्क १ करोड १३ लाख, कोभ्याक्सबाट लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जानसेन, सिनोभ्याक आदि १ करोड ५० लाख डोज, बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप आउने उनले बताए। 

सरकारले कुल जनसंख्याको ७.२ प्रतिशत पहिलो प्राथमिकतामा रहेका २ करोड १५६ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्षसम्मका ४९ लाख गरी जम्मा २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेको छ। 

यसअनुसार असोज मसान्तसम्म ३.३ प्रतिशत र चैत महिनाभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य राखेको सचिव अर्यालले जानकारी दिए। 

उनका अनुसार १२ वर्षदेखि माथिका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्रापत गर्ने प्रक्रिया अगाडि बढेको छ। 

आइतबारसम्म पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जना (१५.८ प्रतिशत), पूर्ण खोप लगाउने १४ लाख ३० हजार ४ सय १६ जना (६.६ प्रतिशत) रहेका छन्। 

हालसम्म नेपालले ९७ लाख ८२ हजार ५ सय ५० मात्रा खोप प्राप्त गरिसकेको छ। त्यसमा कोभ्याक्स सुविधाबाट जम्मा १८ लाख ८२ हजार ८ सय ५० मात्रा प्राप्त भएको छ। यसमा कोभिसिल्ड ३ लाख ४८ हजार, जानसेन १५ लाख ३४ हजार ८ सय ५० डोज समावेश छन्। 

त्यस्तै वैदेशिक अनुदानबाट नेपालले २९ लाख डोज खोप प्राप्त गरिसकेको छ। यसमा चीन सरकारबाट १८ लाख र भारत सरकारबाट ११ लाख डोज खोप समावेश रहेको मन्त्रालयले जनाएको छ। 

यसबाहेक खरिदबाट जम्मा ५० लाख मात्रा खोप ल्याइएको छ। त्यसमा कोभिसिल्ड भारतबाट १० लाख, भेरोसेल चीनबाट ३२ लाख र शुक्रबार थप ८ लाख प्राप्त हुने क्रममा रहेको मन्त्रालयको भनाइ छ। 

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .