समाज


श्रीमानको बचाउ गर्दै शिल्पाले भनिन्ः राजले पोर्न बनाएका होइनन्, त्यो इरोटिक चलचित्र हो

श्रीमानको बचाउ गर्दै शिल्पाले भनिन्ः राजले पोर्न बनाएका होइनन्, त्यो इरोटिक चलचित्र हो

राज कुन्द्रा र शिल्पा


नेपालखबर
साउन १०, २०७८ आइतबार १४:२६,

भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पोर्न चलचित्र बनाएको अभियोगमा पक्राउ परेपछि यो विषयलाई यतिबेला भारतमा चासोका साथ हेरिएको छ।

एकहप्तादेखि राज कुन्द्रा प्रहरीको हिरासतमा छन्। उनलाई मंगलबारसम्म हिरासतमा राखिनेछ। यसबीचमा श्रीमानका बारेमा प्रश्न गर्न प्रहरीले अभिनेत्री शिल्पालाई मुम्बईको क्राइम ब्रान्च बोलाएको थियो।

टाइम्स अफ इन्डियाका अनुसार शिल्पाले बयानका क्रममा आफू श्रीमानको पोर्न भिडिओ बनाउने व्यवसाय बारे अनविज्ञ भएको बताइन्।

उनले प्रहरीले लगाएको आरोपको खण्डन गर्दै श्रीमानको बचाउ समेत गरेको समाचारमा जनाइएको छ।

राज कुन्द्राले पोर्न भिडिओ नबनाएको र ती भिडओहरु ‘इरोटिक चलचित्र’ भएको उनले उल्लेख गरेको जनाइएको छ।

पोर्न भिडिओ पुरै अश्लिल भिडिओ हो भने इरोटिक चलचित्र यौनलाई प्रेरित गर्ने चलचित्र हो। उनले कुन्द्राले बनाउने गरेको भिडिओलाई ‘हटसट’ भनिनुपर्ने पनि बताएकी छिन्।

राजकुन्द्रालाई प्रहरीले गिरफ्तार गरेपछि नै शिल्पाले हालै श्रीमानको भियान इन्डस्ट्रिजबाट राजीनामा गरेकी छिन्। उनले टिभी कार्यक्रमसँगै अन्य कार्यक्रमहरु तत्काल स्थगित गरेकी छिन्। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad