अमेरिकाको राजधानी वासिङ्टन डिसीमा स्थानीय समयअनुसार शुक्रबार राति अन्धाधुन्ध गोली प्रहार हुँदा एक ६ वर्षकी बालिकको मृत्यु भएको छ।
यो घटनामा अन्य पाँच व्यक्तिहरु घाइते भएको सीएनएनले जनाएको छ। वासिङ्टन प्रहरीका अनुसार कारमा सवार व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
मृत बालिकाको नाम निय कोर्टनी भएको बताइएको छ। प्रहरीले यतिबेला गाडीमा सवार बन्दुकधारीको खोजी गरिरहेका छन्।
अमेरिकामा बन्दुकबाट हुने हिंसा धेरै मात्रामा भइरहन्छ। यसवर्ष मात्र अमेरिकामा हालसम्म ३६१ गोलीकाण्ड घटेका छन्।
बन्दुक राख्न पाइने नियमका कारण बन्दुकबाट हुने हिंसा बढेको बताइएको छ। पछिल्लो समय अमेरिकामा एजल्ट राइफल राख्न नपाइने नियम बन्नुपर्ने माग उठेको छ।
39
Shares
प्रतिक्रिया