बेलायती स्वास्थ्यमन्त्री साजिद जाभिद कोरोना भाइरसबाट संक्रमित बनेका छन्।
बीबीसीका अनुसार शुक्रबार प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटेको भोलिपल्टै शनिबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको हाे।
शुक्रबार जोन्सनलाई भेट्न अगाडि नै जाभिद बिरामी थिए। यसबीचमा जोन्सन पनि क्वारेन्टिनमा बस्नुपर्ने भनाइहरुकाबीच बेलायती राष्ट्रिय स्वास्थ्य सेवाले प्रधानमन्त्रीले क्वारेन्टिनमा बस्नु नपर्ने बताएको छ।
जोन्सन र जाभिदबीच व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने नियम पालना भएको बताइएको छ। कोरोनाविरुद्ध दुवै डोज खोप लगाएता पनि जाभिदमा कोरोनाको संक्रमण भएको हो।
288
Shares

प्रतिक्रिया