समाज


प्रहरीबाटै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

प्रहरीबाटै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

नेपालखबर
असोज २९, २०७६ बुधबार १४:२७,

नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा एक महिला प्रशिक्षार्थी प्रहरीबाटै बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ।

रानाले ब्यारेकभित्रै बलात्कार गरेको पीडितको उजुरीपछि उनी पक्राउ परेका हुन्। बलात्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। रानालाई जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन् । सई रानाले आफुलाई विभिन्न दबाव दिएर जबरजस्ती बलात्कार गरेको पीडितको भनाई छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad