हङकङमा मोर्चाका संयोजक शामको टाउकोमा ह्यामर प्रहार

हङकङमा मोर्चाका संयोजक शामको टाउकोमा ह्यामर प्रहार

मगेन्द्र राई
असोज २९, २०७६ बुधबार १५:१६,

 हङकङमा आगामी आइतवार सरकार बिरुद्द व्यापक जन सागर उराल्ने तयारी गरिरहेका नागरिक मानवाधिकार मोर्चाका संयोजक जिम्मी शाम माथी एक अज्ञात समुहले साङ्घातिक हमला गरि घाइते तुल्याएकाे छ।

शामलाई बुधबार साँझ ७:४० तिर मोङ कोकको आरोन स्ट्रीटमा ह्यामर र स्प्यानर रेन्च धारी चार जना चिनियाँहरुले टाउकोमा आक्रमण गरी सवारी कार बाट फरार भएका प्रहरीले बताएको छ।

घाइते शामलाई नजिकैको कुङ्वा अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ। अस्पताल पुग्दा उनी चेत अवस्थामै थिए। उद्दारकर्मीहरुले शामलाई रक्ताम्य भुईंमा लडिरहेको अवस्थामा फेला पारेका थिए।

sam

प्रहरीका अनुसार शामको टाउको र पाखुराबाट रगत बगिरहेको थियो जब अधिकारीहरूले उनलाई भेटे। संदिग्ध आक्रमणकारी कारबाट फरार भएको प्रहरीले जनाएको छ।

शाम प्रजातान्त्रिक समूहको वार्षिक साधारण सभामा भाग लिन जाँदै थिए। साथै आगामी आइतवारको लागि चिम शा शुईबाट पश्चिम काउलुन रेलवे स्टेशनमा प्रदर्शन कसरी गर्ने भन्ने कुराको छलफल गर्न गैरहेका थिए।

sam2

मोर्चाले यो हमलाको निन्दा गर्दै लोकतन्त्रका समर्थकहरु माथी "श्वेत आतंक" भनी निन्दा गरेको छ। सुपुर्दगी बिधेयक विरुद्द सबैभन्दा ठूलो विरोध जुलुसको लागी मोर्चालाई जिम्मेवार ठानिएको छ।

मोर्चाले गत जून १६ मा लाखौं प्रदर्शनकारीहरु सरकार विरुद्द उतारेको दाबी गरेको छ। शाम माथि झन्डै २ महिना अगाडि जोर्डनमा आक्रमण भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .