समाज


संक्रमणमुक्त हुनेभन्दा दोब्बर बढी संक्रमित थपिए

संक्रमणमुक्त हुनेभन्दा दोब्बर बढी संक्रमित थपिए

नेपालखबर
असार २८, २०७८ सोमबार १७:४,

गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणमुक्त हुनेभन्दा थपिएका संक्रमितको संख्या दोब्बर भन्दा बढी छ।

यो अवधिमा १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् भने २ हजार ३७० संक्रमित थपिएका छन्। 

११ हजार ५८४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

आज १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ।

आज काठमाडौं उपत्यकामा ४३३ जनामा संक्रमण देखिएको छ। जसमा काठमाडौं २८९, ललितपुर ९० र भक्तपुर ५४ जना रहेका छन्।

हिजो देशभर १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने १ हजार ५३३ जना संक्रमणमुक्त भएका थिए। यस्तै, २० जनाको मृत्यु भएको थियो।

यस्तै, काठमाडौं उपत्यकामा ३९१ जनामा संक्रमण पुष्टि भएको थियो जसमा काठमाडौं २६३, ललितपुर ९७ र भक्तपुर ३१ जना रहेका थिए।

निषेधाज्ञा खुकुलो भएयता नेपालमा कोरोना संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या बढीरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .