ad ad

प्रविधि


फैलिँदो साइबर अपराध : ह्याकरको आम्दानी घट्दै, आक्रमण बढ्दै

फैलिँदो साइबर अपराध : ह्याकरको आम्दानी घट्दै, आक्रमण बढ्दै

प्रतिनिधिमूलक तस्बिर (shutterstock)


जोय टिडी
माघ ७, २०७९ शनिबार १९:२१, काठमाडौँ

साइबर अपराधमा संलग्नहरुको आम्दानी घटेको एक अनुसन्धानले देखिएको छ। पीडितहरुले र्‍यान्सम भुक्तानी अस्वीकार गर्ने प्रवृत्ति बढेपछि त्यस्ता समूहको आम्दानी घटेको हो। 

चेनालिसिसका क्रिप्टोकरेन्सी विज्ञहरुका अनुसार र्‍यान्समवेयर समूहहरुले पीडितलाई धम्क्याएर सन् २०२२ मा ४५ करोड ७० लाख डलर असुलेका छन् जुन त्यसअघिको वर्षभन्दा ३१ करोड १० लाख डलर थोरै हो। 

वास्तविक परिमाण धेरै पनि हुनसक्छ तर उनीहरुलाई पीडितहरुले थोरै मात्र भुक्तानी गरिरहेको विज्ञहरुको स्वीकारोक्ति छ। यद्यपि आपराधिक आयमा कमी आए पनि साइबर आक्रमणको संख्या भने बढिरहेको छ। 

विश्वका कम्पनीहरु, सरकारहरु, विद्यालयहरु र अस्पतालहरुजस्ता पीडितहरुको संख्या घटिरहेको छ। उनीहरुले बिटक्वाइनमा र्‍यान्समलाई भुक्तानी नभएसम्म आफ्नो सूचना प्रविधि प्रणालीहरुबाट कर्मचारीलाई टाढै राख्छन्। ह्याकरहरुले खासगरी चोरेका डेटा प्रकाशित गरिदिने वा बिक्री गर्ने धम्की दिन्छन्। 

द गार्जियन पत्रिका, द रोयल मेल डेलिभरी कम्पनी र सिक किड्स कनेडियन चिल्ड्रेन्स हस्पिटल भर्खरै पीडित भएका उच्च संस्था तथा कम्पनी हुन्। 

धेरैजसो र्‍यान्समवेयर क्रुहरु रुसबाट रहेको बताइन्छ यद्यपि रुसी सरकारी अधिकारीहरुले यी ग्रुप रुसमा भएको इन्कार गर्ने गरेका छन्। 

बिटक्वाइन वालेटको ट्र्याकिङ 
चेनालिसिसका विश्लेषकहरुले र्‍यान्समवेयर क्रुको स्वामित्वमा रहेका बिटक्वाइन वालेटमा आउने र बाहिरिने पैसाको प्रवाहलाई ट्र्याक गर्ने गरेका छन्।  

अनुसन्धाताहरुले साइबर आपराधिक कार्य नदेखिने गरी अझै बढ्ने अनुमान गरेका छन्। किनकि ह्याकरहरुले अन्य वालेट समेत प्रयोग गर्ने गरेका हुन सक्छन्। 

जे भए पनि कम्पनीका अनुसार र्‍यान्समवेयर भुक्तानी महत्वपूर्ण रुपमा घटिरहेको छ। ह्याकरसँग समन्वय गर्ने कोभवेयरका बिल साइगेल पनि यो कुरालाई मान्छन्। उनका धेरैजसो ग्राहकहरु अहिले दशौँ लाख डलरको माग गर्ने ह्याकरलाई भुक्तानी गर्न हिच्काउन थालेका छन्। 

सन् २०२२ मा उनका कुलमध्ये ४१ प्रतिशत ग्राहकले मात्र यस्तो भुक्तानी गरेका छन् जब कि सन् २०२० मा यो दर ७० प्रतिशत थियो। 

कुनै पनि सरकारले यसरी ह्याकरलाई तिरिने पैसालाई अवैध बनाएका छैनन् तर साइगेल र अन्य साइबर विज्ञहरु अमेरिकाले ह्याकर समूह वा जो रुसको संघीय अनुसन्धान सेवासँग सम्बद्ध छन् उनीहरुलाई वैध रुपमा भुक्तानी गर्न जोखिमयुक्त बनाएको बताउँछन्। 

‘हामी प्रतिबन्धित व्यक्ति संस्थासँग जोडिएको थाहा पाए त्यस्ता र्‍यान्समलाई भुक्तानी गर्न अस्वीकार गर्छौँ’, साइगेलले भने। 

त्यसो त अन्य तत्वहरु पनि यसमा संलग्न छन्। जसमा र्‍यान्समवेयरप्रतिको सचेतताले संस्थाहरुलाई साइबर सुरक्षा सुधारतर्फ अग्रसर गरिरहेको छ।

‘र्‍यान्समवेयर आक्रमणका लागि भुक्तानी गाह्रो हुँदा ह्याकरहरु समस्या झेलिरहेका छन्’, साइबर सुरक्षा कम्पनी एम्सिसफ्टमा थ्रेट रिसर्चर रहेका ब्रेट क्यालो भन्छन्। 

कम्पनीहरु पनि आफ्ना ब्याकअपहरुको सुरक्षामा राम्रो हुँदै गएका छन्, यसले उनीहरुको रिकभरीका लागि तिर्ने रकमको बाध्यता घटाइरहेको छ। 

‘थप भन्नुपर्दा र्‍यान्समवेयर आक्रमण सामान्य बन्दै गर्दा कम्पनीहरुलाई जनसम्पर्कको क्षति कम हुँदै गएको छ। यसले पनि ह्याकरलाई भुक्तानीमा कमी आएको छ’, उनले भने। 

बढ्दै साइबर आक्रमण 
आम्दानी घट्नुका बाबजुद नयाँखाले र्‍यान्समवेयर आक्रमणको संख्या भने बढिरहेको छ। सन् २०२२ मा यस्तो संख्या नाटकीय रुपमा बढेको छ। साइबर सुरक्षासम्बन्धी कम्पनी फोर्टिनेटले गरेको अनुसन्धानले सन् २०२२ को पहिलो छ महिनामा १० हजारभन्दा धेरै प्रकारका मालिसियस सफ्टवेयर सक्रिय भएको पाएको छ। गत वर्षको बढेको साइबर आक्रमण पनि मुख्यगरी अमेरिकी नियामकीय गतिविधिसाग सम्बन्धित छन् जसले केही ठूला र्‍यान्समवेयर समूहलाई तहसनहस पारिदियो। 

सन् २०२१ को नोभेम्बरमा रेभिल समूहका आरोपित सदस्यहरु एउटा विश्वव्यापी प्रहरी अपरेसनमा विश्वका विभिन्न स्थानमा पक्राउ परेका थिए। जसबाट अमेरिकी अधिकारीले ६० लाख डलरभन्दा धेरै क्रिप्टोकरेन्सी जफत गरे। यसलाई ‘क्ल ब्याक’ ह्याकिङ अपरेसन भनिएको थियो। 

त्यस्तै सन् २०२१ कै जुनमा अमेरिकाले यस्तैखाले अपरेसन चलायो जसले डार्कसाइड ग्याङलाई अफलाइन गरिदियो र चोरिएको ४१ लाख डलर रिकभर भयो। 

यसले पनि यस्ता समूहलाई ससाना समूहमा काम गर्न बाध्य पारेको हुनसक्छ। साइबर अपराधीहरुले धेरै भुक्तानी असुल्न सकिने तथाकथित पश्चिमा निशाना (बिग गेम हन्टिङ) छोडेर अहिले त ससाना आक्रमणको संख्यालाई बढोत्तरी गरेका छन्। 

‘बिग गेम हन्टिङ धेरै चुनौतीपूर्ण बने पनि अझैसम्म पुरस्कृत हुन सकिने नै छ’, चेनालिसिसमा साइबर थ्रेट इन्टेलिजेन्सका प्रमुख ज्याकी बन्र्स कोभनले भनिन्। बीबीसीबाट भावानुदित

यो पनि - 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .