उक्त केन्द्रमार्फत बेलायतमा फाइभ–जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ।
केन्द्रमा एक पटकमा २० जनालाई तालिम दिन सकिनेछ। प्रत्येक तालिमका प्रशिक्षार्थीलाई पाँच दिनको तालिम दिइने र यसमा फाइभ–जी प्रविधि, आधुनिक नेटवर्क इन्जिनियरिङका सिद्धान्त एवं फाइभ–जी नेटवर्कका उपकरणको जडानबारे व्यवहारिक ज्ञान दिइनेछ।
हुवावेका अनुसार केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि फाइभ–जी प्रविधिसँग सम्बन्धित एक हजार नेटवर्क इन्जिनियरलाई प्रशिक्षण दिइनेछ।

हुवावे बेलायतका निर्देशक सर एन्ड्रु काहनले बेलायतमा उच्च गतिको फाइभ–जी नेटवर्कसँग सम्बन्धित इन्जिनियरको खाँचो रहेको र तालिम केन्द्रले उक्त अभाव पूरा गर्ने विश्वास व्यक्त गरे।
यससँगै अमेरिकामा विवादित रहेको कम्पनी हुवावेलाई वेलायतले अंगालेको प्रष्ट भएको छ। सिन्ह्वा

प्रतिक्रिया