प्रविधि


एन्ड्रोइडभन्दा ६० प्रतिशत तीव्र हुनेछ हुवावेको नयाँ संचालन प्रणाली

एन्ड्रोइडभन्दा ६० प्रतिशत तीव्र हुनेछ हुवावेको नयाँ संचालन प्रणाली

नेपालखबर
जेठ ३२, २०७६ शनिबार ७:४,

अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई कालोसूचीमा राखेको छ। सुरक्षा खतरा देखाउँदै अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको हो।

हुवावेमा अमेरिकी प्रतिबन्ध लग्नासाथ अमेरिकी कम्पनी गुगलले पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्नो विश्वव्यापी प्रख्यात अपरेटिङ सिस्टम ‘एन्ड्रोइड’को स्वीकृति नदिने बताएको छ।

एन्ड्रोइडमार्फत हुवावेमा गुगल प्ले स्टोर, जी मेल लगायतका गुगलका एप्लिकेसनहरु संचालन हुन्थे। गुगलको भनाइसँगै हुवावेका नयाँ स्मार्टफोनमा अब उसका सेवाहरु पाइने छैन।

तर हुवावेले आफ्नो ‘प्लान बी’ पछ्याउँदै आफ्नै मोबाइल ओपरेटिङ सिस्टम ‘संचालन प्रणाली’ निर्माण गर्ने भएको छ।

Image result for huawei vs google

यस होङमेङ अपरेटिङ सिस्टमलाई छोटकरीमा ‘एआरके ओएस’ भनिनेछ। नयाँ अपरेटिङ सिस्टम गुगलको एन्ड्रोइडभन्दा ६० प्रतिशत तीव्र हुने दाबी गरिएको छ।

ग्लोबल टाइम्सका अनुसार हाललाई यस प्रणाली १० लाख स्मार्टफोनमा परीक्षणका लागि प्रयोग गरिएको छ।

ओप्पो र भिभो चिनियाँ मोबाइल कम्पनी जसले एन्ड्रोइड प्रयोग गर्दछन् यी कम्पनीले हुवावेको नयाँ प्रणाली जाँच गर्न आफ्ना अनुसन्धानकर्ता खटाएका छन्।

यी कम्पनीले एन्ड्रोइड त्यागेर हुवावेको एआरके ओएस प्रयोग गर्ने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .