ad ad

प्रविधि


सन् २०२५ सम्ममा युरोपमा उड्ने ट्याक्सीको सुविधा पाइने!

सन् २०२५ सम्ममा युरोपमा उड्ने ट्याक्सीको सुविधा पाइने!

नेपालखबर
जेठ ८, २०७८ शनिबार १२:२३,

रोयटर्सका अनुसार आधा दर्जनभन्दा बढी युरोपेली कम्पनीले उड्ने ट्याक्सीको विकास गर्ने घोषणा गरेका छन्।

सुरुवातमा पाइने उड्ने ट्याक्सीको सुविधा मानवरहित हुने बताइएको छ। यसले विशेषगरी औषधि ल्याउन तथा पुर्‍याउन मद्दत गर्नेछ।

इएएसएका कार्यकारी निर्देशक प्याट्रिक काइ भन्छन्,‘मलाई विश्वास छ उड्ने ट्याक्सीको व्यवसायिक प्रयोग हामी सन् २०२४ या २०२५ सम्ममा गरिसक्नेछौं।’

अर्बान एयर मोबिलिटी भेइकल यूएएम अर्थात उड्ने ट्याक्सीको बजार विकास हुन सन् २०३० सम्म युरोपमा ४.२ खर्ब युरो खर्च हुनेछ।

यसले ९० हजार रोजगारी दिने बताइएको छ। त्यसबेला सम्म यूएएमको ३१ प्रतिशत बजार युरोपमा हुने बताइएको छ।

भिडिओ

पेरिसमा हुने सन् २०२४ को ओलम्पिक्समा जर्मन स्टार्टअप भोलोकप्टर तथा पेरिसको एरोस्पोर्ट दि पेरिसले उड्ने ट्याक्सीको प्रदर्शन गर्ने बताइएको छ।

यसअघि चीन, जापान, अमेरिका लगायतका राष्ट्रमा पनि उड्ने ट्याक्सी बनाउने चर्चा चलेको थियो।

केही देशमा त उड्ने ट्याक्सीको परीक्षण जारी छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .