प्रविधि


फेसबुकले ट्रम्पको आवाजलाई पनि लगायो प्रतिबन्ध

फेसबुकले ट्रम्पको आवाजलाई पनि लगायो प्रतिबन्ध

नेपालखबर
चैत १९, २०७७ बिहिबार ५:५३,

यसको मतलब ट्रम्पले आजीवन फेसबुक चलाउने पाउनेछैनन्।

यतिबेला फेसबुकले ट्रम्पको आवाजलाई पनि प्रतिबन्ध लगाइदिएको छ। अर्थात् कसैले ट्रम्पको आवाज समेटिएको सामग्री फेसबुकमा पोस्ट गरे त्यस्ता सामग्री हटाइनेछ।

हालै ट्रम्पकी बुहारी लारा ट्रम्पले आफ्नो फेसबुक पेजमा ट्रम्प बोलेको एउटा भिडिओ पोस्ट गरेकी थिइन्।

सो भिडिओलाई फेसबुकले हटाइदिएको हो। लाराले फेसबुकबाट आएको जानकारीलाई सार्वजनिक गर्दै भनेकी छिन्,‘अब फेसबुकले नयाँ सामग्रीहरुमा कसैले ट्रम्पको आवाज मात्र पोस्ट गरेता पनि उक्त पोस्टलाई फेसबुकले हटाउने छ।’

अमेरिकी निर्वाचनमा पराजित भएसँगै ट्रम्पले भड्किलो अभिव्यक्तिहरु दिएका थिए। उनले धाँधली गरेरै जो बाइडेनले राष्ट्रपतिको निर्वाचन जितेको आफ्नो दाबी अझै छाडेका छैनन्।

ट्रम्पले उक्साएकै कारण उनका समर्थकले गत जनवरी ७ मा अमेरिकी संसद भित्रै आक्रमण गरेका थिए। त्यसबेला प्रहरीसहित ५ को मृत्यु भएको थियो।

त्यसको केही दिनमै फेसबुक, युट्युब, ट्विटरले ट्रम्पलाई सँधैको लागि प्रतिबन्ध लगाएको थियो। यतिबेला ट्रम्पको आवाज मात्रलाई पनि फेसबुकमा प्रतिबन्ध लागेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad