ad ad

प्रविधि


अस्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले समाचार हेर्न र सेयर गर्न नपाउने, यस्तो छ कारण

अस्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले समाचार हेर्न र सेयर गर्न नपाउने, यस्तो छ कारण

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ७:३७,

त्यहाँको सरकारले सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुन प्रस्ताव गरेपछि विवाद भएको हो।

जसका कारण फेसबुकले बुधबार मात्र अस्ट्रेलियाली प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र साझा गर्नमा रोक लगाउने घोषणा गरेको छ।

बीबीसीका अनुसार केही प्रयोगकर्ताहरूले निश्चित समाचार साइटहरूबाट सामाग्री साझा गर्न नमिल्ने बनाइसकेको बताएका छन्।

प्रस्तावित कानुनअनुसार गुगल र फेसबुकले अस्ट्रेलियाको संचारमाध्यमको समाचार उनीहरुको प्लेटफर्ममा देखाएमा उनीहरुले शुल्क तिर्नुपर्ने हुन्छ।

अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्नुपर्ने अथवा उनीहरुको समाचार साझा गरे बापत शुल्क तिर्न बाध्य पारिएपछि फेसबुकले त्यहाँका प्रयोगकर्तालाई समाचार सेयर गर्ने सुविधाबाट बन्चित गरेको हो।

फेसबुकमा त्यहाँका समाचार सेयर गरिए त्यहाँकै संचारमाध्यमलाई फाइदा पुग्ने बताउँदै आएको छ।

यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द नै गर्ने धम्की दिएको थियो।

यद्यपी बुधवार मात्रै उसले विश्वकै सबैभन्दा ठूलो समाचार संस्था न्यूज कर्पसँग सहमति गरेको घोषणा गरेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .