भारत र चीनबीच सीमा विवाद उत्पन्न भएपछि भारतले चीनको टेनसेन्ट कम्पनीको पनि स्वामित्वमा रहेको कोरियाली अनलाईन गेम पब्जीमाथि प्रतिबन्ध लगाएको थियो।
कोरियाली कम्पनीले भारतमा चिनियाँ कम्पनी टेनसेन्टको भूमिका हटाउने भएपछि अब चाँडै नै भारतमा पब्जीमाथिको प्रतिबन्ध औपचारिक रुपमा फुकुवा हुन लागेको छ।
तर नयाँ पब्जी ग्लोबल भर्जनभन्दा फरक हुने बताइएको छ। भारतमा लन्च हुने पब्जी खेलको नाम ‘पब्जी मोबाइल इन्डिया’ हुनेछ। ग्लोबल भर्जनमा यसको नाम ‘पब्जी मोबाइल’ मात्र हो।
भारतको पब्जीमा टेनसेन्ट कम्पनीको नाम उल्लेख गरिएको हुनेछैन भने टेनसेन्टलाई भारतीय प्रयोगकर्ताको डेटाबारे थाहा हुनेछैन।
भारतीय भर्जनको पब्जीमा दुश्मनलाई गोली लाग्दा धेरै रगत देखिनेछैन, साथै भारतीय संवेदनशीलतालाई मध्यनजर गर्दै प्रयोगकर्तालाई त्यस्तै किसिमको पोशाक प्रदान गरिनेछ।
अन्य विभिन्न परिवर्तनहरुका बारेमा चाँडै नै जानकारी प्रदान गरिने बताइएको छ। एजेन्सी
प्रतिक्रिया