अन्तरिक्षमा रहेका भू–उपग्रहलाई हतियार सम्पन्न बनाउने तयारीमा फ्रान्स जुटेको छ।
फ्रान्सले सन् २०३० को दशकसम्म उसका भू–उपग्रहमा हतियार जडान गरिसक्ने घोषणा गरेको हो।
यसै महिनाको सुरुवातमा राष्ट्रपति इम्यानुअल म्याक्रोले आफ्ना भू–उपग्रहलाई रक्षा गर्नका लागि यस्तो उपाय अपनाउन लागेको बताएका थिए।
फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सले नानो सेटेलाइट बनाएर त्यसमा हतियार जडान गरिने बताए।
अन्तरिक्ष रक्षाका लागि सरकारले प्रारम्भिक चरणमा ७ सय मिलियन युरो बजेट छुट्याउने पार्लीको भनाइ रहेको छ।
सन् २०२५ सम्ममा भू–उपग्रहमा हतियार जडान गर्ने कार्यक्रममा फ्रान्सले ४.३ अर्ब युरो खर्च गर्ने बताइएको छ।
यस कार्य आफूहरुले अन्यलाई आक्रमण गर्न नभएर आत्मरक्षाको लागि गर्न लागेको फ्रान्सको भनाइ रहेको छ। द भर्ज
प्रतिक्रिया