ad ad

प्रविधि


आपतकालीन चिकित्सा सेवाका लागि बरदान सावित हुनसक्छ यो जेट सुट (भिडियो)

आपतकालीन चिकित्सा सेवाका लागि बरदान सावित हुनसक्छ यो जेट सुट (भिडियो)

नेपालखबर
असोज २२, २०७७ बिहिबार १०:५३,

हालै ग्रेट नर्थ एयर एम्बुलेन्सले हावामा उड्नसक्ने जेट सुटको सफल रुपमा परीक्षण गरेको बीबीसीले जनाएको छ।

यस जेट सुट आपतकालीन चिकित्सा सेवाका लागि बरदान सावित हनुसक्ने विज्ञहरु बताउँछन्। किनभने यसले जस्तोसुकै स्थानमा छोटो समयमै औषधि पुर्याउनसक्छ।

वर्षौको छलफलपछि हालै उक्त जेट सुट लेक जिल्लामा परीक्षण गरिएको थियो। जीएनएएएसका संचालक निर्देशक एन्डी मासनका अनुसार हिँडेर ३० मिनेटमा पुगिने स्थानमा जेटसुटको माध्यमबाट ९० सेकेन्डमा पुग्न सकिन्छ।

(भिडियो)

उनका अनुसार धेरै दुर्गम स्थानमा मानिसहरु बिरामी भएको खण्डमा जेटसुटको माध्यमबाट औषधि पुर्याइए बिरामीको ज्यान जोगिनसक्छ।

जस्तोसुकैै भौगोलिक स्थान र आपतकालीन अवस्थामा पनि यसबाट चाँडो सेवा प्राप्त गर्न सकिने विश्वास गरिएको छ।

मासनका अनुसार जेटसुटको सबैभन्दा फाइदाजनक कुरा भनेको यो निकै तिव्र गतिमा जता पनि पुग्छ।

Experience - Gravity Industries

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .