प्रविधि


चीनमा बनेको यो रोवोटिक कुकुर मानिसका लागि निकै उपयोगी, यस्ता छन् फिचर

चीनमा बनेको यो रोवोटिक कुकुर मानिसका लागि निकै उपयोगी, यस्ता छन् फिचर

नेपालखबर
असोज ११, २०७७ आइतबार १२:४६,

चिनियाँ प्रविधि विश्वभर निकै प्रचलित पनि छन्। यसबीचमा चीनमा रोवोटिक कुकुर बनाइएको छ।

सांघाईको फिनटेक कन्फ्रेन्समा सार्वजनिक गरिएको यस रोवोटिक कुकुरलाई अल्फाडग भनिएको छ।

यसले साँच्चैको कुकुरजस्तै कुद्ने, उफ्रने र भर्याङ चढ्ने गर्दछ। त्यतिमात्र नभएर यो मानिसका लागि निकै उपयोगी भएको पनि बताइन्छ।

यसले सामाग्रीहरु एक ठाउँबाट अर्को स्थानमा पुर्याउँछ भने दृष्टिविहिनलाई बाटोमा हिँड्न सहयोग पनि पुर्याइने बताइएको छ।

कोरोना प्रकोपबीच विश्वभर व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्न भनिएको छ। यस कुकुरले धेरै भिडभाड हुने स्थानमा गएर भिड नगर्न पनि सन्देश दिने बताइएको छ। एजेन्सी

Science & Technology Archives – [your]NEWS

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .