उत्तरपश्चिमी क्षेत्रको जिउक्वान सेटेलाइट लन्च सेन्टरबाट सोमबार भूउपग्रह प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ।
स्थानीय समयअनुसार अपरान्ह १ बजेर ४० मिनेट जाँदा लङ मार्च–४ बी रकेटले हाइयाङ–२ सी सेटेलाइट पृथ्वीको कक्षमा लगेको थियो।
हाल पृथ्वीको कक्षमा पठाइएको भूउपग्रह समुद्रको अवस्थाको बारेमा निगरानी गर्ने चीनको तेस्रो भूउपग्रह हो।
प्रतिक्रिया