प्रविधि


एप्पल, गुगल, अमेजन र फेसबुकमाथि अमेरिकी सांसदहरुले लगाए यस्ता आरोप

एप्पल, गुगल, अमेजन र फेसबुकमाथि अमेरिकी सांसदहरुले लगाए यस्ता आरोप

नेपालखबर
साउन १५, २०७७ बिहिबार ८:२५,

विश्वकै चर्चित र ठूला चार प्रविधि कम्पनी प्रमुखहरुलाई अमेरिकी सांसदहरुले आफ्ना प्रतिस्पर्धीलाई दबाउन शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्।

अमेजन, फेसबुक, गुगल र एप्पलका प्रमुखहरुलाई संसदीय समितिमा बोलाएर अमेरिकी सांसदहरुले र्‍याखर्‍याखती पारेको बीबीसीले जनाएको छ।

समितिमा सांसदहरुको प्रश्नको सामना गर्दै चारवटै सीईओहरु अमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र फेसबुकका मार्क जकरबर्गले आफ्ना कम्पनीको बचाउ गरेका थिए।

ठूला प्रविधि कम्पनीमाथि प्रतिस्पर्धीलाई दबाउन शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। सोही कारण अमेरिकी संसदले कडा नियन्त्रण र व्यावसायिक प्रतिस्पर्धाको अनुसन्धान गर्न लागिरहेको छ।

डेमोक्रेटिक सांसदहरुले यी कम्पनीको अस्वस्थ प्रतिस्पर्धाको मुद्दा उठाएका थिए भने रिपब्लिकन सांसदहरुले कम्पनीहरुको सूचना व्यवस्थापन र कन्जरभेटिभ समुदायको विचारलाई स्थान नदिएको मुद्दा उठाएका थिए।

तर चारवटै कम्पनीका प्रमुखहरुले भने आफूहरुले कुनै पनि गैरकानुनी कार्य नगरेको र अमेरिकी मूल्य र मान्यतालाई प्राथमिकतामा राखेको दाबी गरेका थिए। सो क्रममा सांसदहरुले साना कम्पनीको विषयवस्तु गुगलले चोर्न गरेको आरोप लगाए।

त्यस्तै अमेजनमाथि बिक्रीकर्तामाथिको व्यवहार, फेसबुकमाथि इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको प्राप्ति तथा एप्पलमाथि एपस्टोरलाई लिएर सांसदहरुले प्रश्न सोधेका थिए। डेमोक्रेटिक सांसद डेभिड सिसिलाइनले अमेजनमाथि ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’को आरोप लगाएका थिए। उसले खासगरी अमेजनले बिक्रीकर्ताबीच नै अस्वस्थ प्रतिस्पर्धा गराएको उनको आरोप छ। उसले व्यवसायमा दोहोरो भूमिका खेलिरहेकोमा सिसिलाइनले चर्को आलोचना गरेका थिए।

रिपब्लिकन सांसद जिम जोर्डनले भने प्रविधि कम्पनीहरुले राजनीतिक पूर्वाग्रह राखेर कन्जरभेटिभ विचारको दमन गरिरहेको आरोप लगाए। तर चारवटै कम्पनीले भने साना व्यवसायलाई सहयोग गरिरहेको दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .