प्रविधि


अर्को चिनियाँ एपमा धमाधम बसाइँ सर्दै छन् अमेरिकाका ‘टिकटक शरणार्थी’

अर्को चिनियाँ एपमा धमाधम बसाइँ सर्दै छन् अमेरिकाका ‘टिकटक शरणार्थी’

नेपालखबर
माघ २, २०८१ बुधबार १४:५९,

टिकटकमा प्रतिबन्धको खतरा नजिकिँदै गर्दा अमेरिकी टिकटक प्रयोगकर्ताहरू अर्को चिनियाँ एप रेडनोटतिर बसाइँ सर्न थालेका छन्।

त्यस्ता प्रयोगकर्ताहरूले आफूलाई ‘टिकटक शरणार्थी’ भन्ने गरेका छन्। जसका कारण रेडनोट सोमबार एप्पलको अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ।

रेडनोड टिकटकको प्रतिस्पर्धी एप हो। जुन चीन, ताइवानका युवा र अन्यत्रका मन्दारिनभाषी जनसंख्यामा लोकप्रिय छ।

सो एपमा मासिक ३० करोड सक्रिय प्रयोगकर्ता छन्। जुन हेर्दा टिकटक र इन्स्टाग्रामको योगजस्तो देखिन्छ। यसमा रहेका अधिकांश सहरी महिला प्रयोगकर्ताले डेटिङदेखि फेसनसम्मका जीवनशैली टिप्स साझा गर्छन्।

अमेरिकाले १९ जनवरीदेखि लागू हुनेगरी टिकटकको अमेरिकी अप्रेसन बेच्नुपर्ने वा प्रतिबन्ध लगाइने कानुन बनाएको छ। जसमा सर्वोच्च अदालतले आदेश दिन बाँकी छ।

तर, टिकटकले आफ्नो अमेरिकी व्यवसाय नबेच्ने बताउँदै आएको छ। अमेरिकामा उसका १७ करोड प्रयोगकर्ता छन्।

हालै चिनियाँ अधिकारीहरूले अमेरिकामा टिकटक इलोन मस्कलाई बेच्ने विषयमा पनि चर्चा गरेको खबर बाहिरिएको छ।

रेडनोटले भने नयाँ प्रयोगकर्तालाई स्वागत गरिरहेको छ। ‘टिकटक शरणार्थी’ शीर्षकमा रेड नोटमा ६३ हजार पोस्ट भइसकेको छन्।

रेडनोटको चिनियाँ नाम स्याओहोङ्सु हो। जसको शाब्दिक अर्थ हुन्छ, लिटिल रेड बुक। तर, त्यसको माओ चेतुङको ‘रेडबुक’ सँग कुनै सम्बन्ध नभएको सो एपले जनाएको छ। 

तथापि, ताइवान तथा पश्चिमा अधिकारीहरूले टिकटकमा जस्तै यो एपप्रति पनि सुरक्षा चिन्ता व्यक्त गरेका छन्। 

तर, यस्ता चिन्ताले प्रयोगकर्तालाई रेडनोटमा प्रवेश गर्नबाट रोक्न सकेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad