ad ad

प्रविधि


कोरोनाभाइरसका कारण आइफोन आपूर्तिमा नकारात्मक प्रभाव पर्ने एप्पलको भनाइ

कोरोनाभाइरसका कारण आइफोन आपूर्तिमा नकारात्मक प्रभाव पर्ने एप्पलको भनाइ

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ११:३६,

चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने पनि एप्पलले जनाएको छ।

चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने एप्पलको भनाइ रहेको छ।

कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी हो।

यो वर्षको पहिलो त्रैमासिकमा सर्वाधिक ६७ अर्ब अमेरिकी डलर आय हुने एपलको पूर्वानुमान थियो। तर उसले आफ्नो आय कति प्रभावित भएको छ भन्ने विवरण दिएको छैन।

चीनमा हुने व्यापारले एप्पलको आयआर्जनमा ठूलो अर्थ राख्दछ।

चीनमास्थित अधिकांश पसलहरू बन्द भएका वा थोरै समय मात्रै सञ्चालन हुने गरेकाले आफ्ना उत्पादनको विक्रीवितरण घट्ने एप्पलले जनाएको छ।

आईफोन उत्पादन गर्ने आफ्ना साझेदारहरू हुपेइ प्रान्तबाहिर अवस्थित भए पनि ती पुनः खुल्दा काम भने अपेक्षा गरेभन्दा सुस्त हुन पुगेको एप्पलको भनाइ छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .