ad ad

प्रविधि


गुगल प्ले स्टोरमा दुई हजारभन्दा बढी खतरनाक एप्स भेटिए

गुगल प्ले स्टोरमा दुई हजारभन्दा बढी खतरनाक एप्स भेटिए

नेपालखबर
असार १०, २०७६ मंगलबार ९:२७,

गुगल प्ले स्टोरमा दुई हजारभन्दा बढी त्यस्ता एप्लिकेसन भेटिएका छन् जुन सुरक्षाका हिसाबले खतरनाक छन्।

युनिभर्सिटी अफ सिड्नी तथा सीएसआइआरओको डेटा६१ का अनुसन्धानकर्ताले अध्ययनका क्रममा २ हजारभन्दा बढी एप्लिकेसनहरु सुरक्षाका दृष्टिले खतरायुक्त भएको बताएका हुन्।

यहाँ हामीलाई दुखी तुल्याउने कुरा के छ भने चर्चित एप्सहरु पनि सुरक्षाका हिसाबले खतरनाक भएको देखिएको छ। जुन हामीले अहिले पनि प्रयोग गरिरहेको हुनसक्छौं।

विगत दुई वर्षदेखिको अध्ययनले यस निश्कर्ष निकालेको हो। विशेषगरी हाम्रो मोबाइल डेटा एक्सेस गर्न खोज्ने गेमिङ एप्सहरु तथा अन्य एप्सहरु सुरक्षाको दृष्टिले खतरनाक भएको बताइएको छ।

इन्डिया टुडेका अनुसार अध्ययनले ‘गेम्स टेम्पल रन, फ्रि फ्लो, हिल क्लाइम्ब रेसिङ’ जस्ता गेमिङ एप्लिकेसन खतरनाक ठहर गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .