ad ad

प्रविधि


एस्टेरोइडसँग डार्ट स्पेसक्राफ्ट ठोक्काउन नासा सफल

एस्टेरोइडसँग डार्ट स्पेसक्राफ्ट ठोक्काउन नासा सफल

नेपालखबर
असोज ११, २०७९ मंगलबार ९:४, काठमाडौँ

अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी नासाको डार्ट स्पेसक्राफ्ट एस्टेरोइड डिमोरफोससँग ठोक्किएर ध्वस्त भएको छ।

उक्त अन्तरिक्ष विमानलाई जानाजान एस्टेरोइडसँग ठोक्काइएको थियो। यसको माध्यमबाट आगामी दिनमा पृथ्वीको नजिकै आउन लागेका एस्टेरोइडलाई हटाउन सकिन्छ वा सकिँदैन भन्ने अध्ययनका लागि यो प्रयोग गरिएको हो। 

डार्टको क्यामेराले लक्ष्यमा ठोक्किँदासम्मको तस्बिर पठाएको छ। नासाका वैज्ञानिकहरुका अनुसार यो प्रयोगको सफलता पत्ता लगाउन अझै केही समय लाग्नेछ।

अब नासाले यो मिसनको सफलताको पुष्टि वा डिमोरफोसको चारैतर्फ अर्को एस्टेरोइडको अर्बिटमा आएको परिवर्तनको पनि जाँच गर्नेछ। 

यद्यपि यो मिसनको पहिलो लक्ष्य भने एस्टेरोइडसँग डार्टलाई ठोक्काउनु नै थियो।

पृथ्वीमा रहेका करिब दुई दर्जन टेलिस्कोपले यी दुवै चट्टानको जाँच गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .