ad ad

प्रविधि


ट्वीटरको नक्कली खाताबारे सार्वजनिक बहसका लागि मस्कको चुनौती

ट्वीटरको नक्कली खाताबारे सार्वजनिक बहसका लागि मस्कको चुनौती

नेपालखबर
साउन २२, २०७९ आइतबार १२:४२, काठमाडौँ

अमेरिकी अर्बपति इलोन मस्कले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नक्कली खाताको विषयमा सार्वजनिक बहसमा आउन चुनौती दिएका छन्।

उनले उक्त बहसमा  नक्कली खाताको संख्या पाँच प्रतिशतभन्दा कम देखाउन चुनौती दिएका हुन्। 

यसअघि ट्वीटरले भने ४४ अर्ब डलरको खरिद सम्झौताको सबै शर्त पालना गरेको दाबी गरेको थियो।

ट्वीटरले यो सम्झौता पूरा गराउन अदालतमा मुद्दा दायर गरेको छ। त्यसको जवाफमा मस्कले पनि ट्वीटरले खरिद सम्झौताको शर्तहरु पालना नगरेको भन्दै अर्को मुद्दा दायर गरेका छन्। 

मस्कले ट्वीटरले आफूलाई नक्कली खाताको संख्या ५ प्रतिशतभन्दा कम रहेको पुष्टि गराउन सके सुरुवाती शर्तअनुसार नै सम्झौता अघि बढ्न सक्ने बताएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .