ad ad

प्रविधि


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

नेपालखबर
साउन १७, २०७९ मंगलबार ८:०, काठमाडौँ

पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ।

ह्याकरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट क्रिप्टोकरेन्सीको बारेमा प्रमोशनल ट्वीट शेयर गरेको पाइएको छ । टेस्लाका सीईओ एलोन मस्कको नक्कली क्रिप्टो खाताको लिङ्क पनि उनको ह्यान्डलमा संलग्न गरिएको थियो।

इमरान खानका हाल ७४ लाखभन्दा बढी फलोअर्स छन् ।

पाकिस्तानी पूर्व प्रधानमन्त्रीले भने अहिलेसम्म यस बारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। उनका पार्टीका सदस्य र अनुयायीहरूले कुनै पनि अनैतिक पोस्टमा अन्तरक्रिया नगर्न सल्लाह दिइरहेका छन्।

गत डिसेम्बरमा सर्बियामा पाकिस्तानी दूतावासको ट्विटर ह्यान्डलले सरकारी अधिकारीहरूलाई तलब नतिरेकोमा सन्देश पोस्ट गरेको थियो जसले पीटीआई सरकार र इमरान खानलाई ठूलो अप्ठ्यारोमा पारेको थियो । पछि सरकारी अधिकारीहरूले  भने  सो खाता ह्याक भएको दाबी गरेका थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .